सुरक्षा कारबाहीमा परी मोगादिसुमा रहेकाे एक होटललाई कब्जा गरेर बसेका चार जना लडाकुको मृत्यु भएको हो । चार लडाकुकाे मृत्यु भएकाे साेमालियाका सुरक्षा अधिकारी मोहम्मद दाहिरले पुष्टि गरेका छन् ।
उक्त हमलामा सरकारी अधिकारीहरूसहित धेरै घाइते भएका उनले जानकारी दिए । बोन्डहेरे जिल्लामा दुईवटा ठूला विस्फोट र गोली चल्दा मानिसहरू घटनास्थलबाट भागेको प्रत्यक्षदर्शीहरुले बताए । उक्त होटल सोमालियाका राष्ट्रपति हसन शेख मोहम्मदको कार्यालयबाट केही ब्लकको दूरीमा रहेको छ ।सोमालियामा हालै निर्वाचित सरकारले मुस्लिमविरुद्ध आक्रमक नीति अपनाएकाले विद्रोहीहरूले नागरिक र सैन्य सुविधाविरुद्धको आक्रमणलाई तीव्र बनाएका छन् ।