निर्वाचन आयोगले हालसम्म सार्वजनिक गरेको मतपरिणामअनुसार प्रदेश १ मा पाँच दलले मात्रै जित हासिल गर्न सकेका छन् ।
तीमध्ये नेकपा (एमाले) २४ सिटसहित पहिलो पार्टी भएको छ । सत्तारुढ नेपाली कांग्रेस १४ सिटसहित दोस्रो र सात सिटमा सीमित भएको माओवादी तेस्रो स्थानमा छ ।आयोगका अनुसार नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी समान २–२ सिटमा विजयी भएका छन् ।
प्रदेश १ को प्रदेशसभामा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ सदस्य रहने व्यवस्था छ ।२०७४ सालको निर्वाचनमा ३९ सिटसहित एमाले पहिलो, २१ सिटसहित कांग्रेस दोस्रो र १५ सिटसहित माओवादी तेस्रो स्थानमा थिए । अघिल्लो पटक एक सिटमा सीमित रहेको राप्रपाले यसपटक आफ्नो संख्यामा वृद्धि गरेको छ ।
केही क्षेत्रका र समानुपातिकतर्फको मतगणना जारी रहेकाले प्रदेशसभा सदस्यमा निर्वाचित हुने सदस्यको पूर्ण विवरण आउन बाँकी छ ।