विराटनगरमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिइएको हो । उपसमन्वयक अनमोल प्रधानले काठमाडौंपछि प्रदेश १ मा दोस्रो शाखा स्थापना गर्न लागिएको बताए ।
परिसंघअन्तर्गतको यो फोरमले विभिन्न कार्यक्रम गर्ने जनाइएको छ । प्रधानका अनुसार विराटनगरमा ३५ जना साधारण सदस्यसहित विस्तार गरिएको छ । त्यसबाट ७ सदस्यीय बोर्ड गठन गरिने छ ।बोर्डले युवा उद्यमीलाई सकारात्मक परिवर्तन गर्न र व्यापारमा आउने चुनौतीहरु सामना गर्न रणनीति बनाउने जनाइएको छ ।
‘फोरमको मुख्य उद्देश्य प्रदेश १ का युवा उद्यमीलाई व्यापार गर्न सहज वातावरण निर्माण गर्नु हो’ प्रधानले भने, ‘युवा उद्यमीहरु ताजा र प्रभावकारी विचारमार्फत् योगदान गर्न सक्ने भएकाले प्रभावकारी हुनेछ ।’फोरमका सदस्यले समस्या र अनुभवहरु आदान प्रदान गर्दै समस्या समाधानको बाटो पहिल्याउने प्रयास गर्ने जनाइएको छ ।
नयाँ स्टार्टअप कम्पनी खोल्नका लागि पनि प्रयास गरिने भएको छ । यसका लागि ‘स्टार्टअप फेष्ट’ आयोजना गरिने जनाइएको छ ।