विराटनगर । मोरङ ६ (ख) बाट प्रदेशसभा सदस्यमा पुनः निर्वाचित भएका प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की मतदातामाझ पुगेर धन्यवाद दिइरहेका छन् ।

प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि आइतबार उनले सम्पन्न बस्ती पुगेर स्थानीय ऋषिदेव समुदायलाई धन्यवाद दिएका थिए ।

उनले ऋषिदेव समुदायका अग्रहरुसँग भेट गरी आर्शिवाद लिएका थिए । मतदाताकै आशिर्बाद र मतले विजयी भएको भन्दै उनले धन्यवाद दिएका थिए ।

आफ्नो जित विपन्न र भुइँ मानिसहरुको जित भएको भन्दै कार्कीले ज्येष्ठ नागरिकहरुलाई साक्षी राखेर भ्रष्टाचार नगर्ने संकल्प गरेका थिए ।

आफूले सुकुम्बासीको हितमा काम गर्ने प्रतिबद्धता पनि उनले जनाएका थिए ।

49
Shares
१२ मंसिर २०७९, सोमबार ०८:२३