मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम

काठमाडौं । मलेसिया सरकारले कम आय भएका नागरिकलाई अनुदान दिने तयारी गरेको छ । मलेसियाका नयाँ प्रधानमन्त्री अनवर इब्राहिमले पदभार गरेपछिको पहिलो बैठकमा बढ्दो लागतलाई प्राथमिकता दिदै अनुदानको तयारी गरेको बताएका हुन् ।

सरकारको समीक्षाका लागि अझै दुई साता लाग्ने नयाँ प्रधानमन्त्री इब्राहिमले बताएका छन् ।

मलेसियाले सबै नागरिकहरूलाई इन्धन र खाना पकाउने ग्यासमा, बिजुली, चिनी र पीठोमा समेत अनुदान दिने तयारी गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

अनुदान लक्षित वर्गका लागि हुनुपर्ने अन्यथा कम आय समूहले मात्र नभई धनीहरूले पनि उपभोग गर्ने उनले उल्लेख गरेका छन् ।

अनुदानबाट फाइदा नपुगेका उद्योगहरूलाई अन्य प्रोत्साहनका लागि विचार गरिने पनि अनवरले बताएका छन् ।

आगामी केही दिनमा गठबन्धनका साझेदारहरूसंग मन्त्रिमण्डल विस्तारका बारेमा छलफल गर्ने पनि उनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु