विराटनगर । जमेको पानीमा विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर आइतबार झापाको दमक नगरपालिका–७ मा १ जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर दमक–७ का ३० वर्षीय विक्रम गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि ल्याइपुर्याउनसाथ साँझ ५ बजेतिर लाइफलाइन अस्पतालका चिकित्सकले मृत घोषित गरेका हुन् ।

घटनास्थलबाट प्रहरीले करिब १० मिटर लामो तामाको तार बरामद गरेको छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु