काठमाडाैं । संसदीय निर्वाचनअन्तर्गत समानुपातिकतर्फ देशभर ८० प्रतिशत मतगणना सकिएको छ ।

मंसिर ४ गते सम्पन्न निर्वाचनको हालसम्म ८० प्रतिशत मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । यद्यपि उक्त मतपरिणाम आयोग र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी छ ।

यसपटकको आमनिर्वाचनमा एक करोड ७९ लाख ८ हजार ८५० मध्ये झण्डै ६१ प्रतिशत मत खसेको थियो । खसेको कुल मतको ८० प्रतिशत मतगणना गरिसक्दा अब समानुपातिक प्रणालीतर्फ झण्डै २४ लाख मत गणना गर्न बाँकी रहेको आयोगले उल्लेख गरेको छ ।
7
Shares
११ मंसिर २०७९, आईतवार १६:४३