काठमाडाैं । साताको पहिलो काराेबार दिन आइतबार सेयर बजार १.६८ प्रतिशतले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३२.४३ अंकले बढेर १९६५.९८ विन्दुमा पुगेको हाे ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३४ अङ्कले बढेर ३८६.२६ विन्दुमा पुगेको छ। बिहीबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको र ९२ करोडभन्दा बढीको कारोबार भएको थियो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज एक सय ६९ कम्पनीकाे सेयर काराेबार वृद्धि हुँदा २० कम्पनीकाे मूल्य ओरालो लागेको छ । यस्तै, दुई कम्पनी स्थिर छन् । कुल एक सय ९१ कम्पनीको कारोबार हुँदा ४२ लाख २३ हजारभन्दा बढी सेयर कित्ता किनबेच र दुई अर्ब दुई करोड ५४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।