काठमाडौं । लियोनल मेसी र एन्जो फर्नान्डेजले गोलले अर्जेन्टिना विजयी बनेको छ । उनीहरुले दोस्रो हाफमा गोल गरेपछि अर्जेन्टिनाले कठिन खेलमा मेक्सिकोलाई २–० ले पराजित गरेको हो ।
लुसेल रंगशालामा शनिबार भएको खेलमा मेसीले ६४ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । एन्जोले ८७ औं मिनेटमा अर्को गोल थपेका थिए ।
कतार संस्करणमा पहिलो जितसँगै अर्जेन्टिनाले ३ अंक जोड्दै समूह चरण पार गर्ने सम्भावना बढाएको छ । अर्जेन्टिना पहिलो खेलमा साउदी अरेबियाविरुद्ध २–१ को हार बेहोरेपछि मेक्सकोविरुद्ध जित्नैपर्ने दबाबमा थियो ।
शनिबारकै अर्को खेलमा साउदीमाथि २–० को जित निकालेको पोल्यान्ड ४ अंकसहित समूह ‘सी’ को शीर्षस्थानमा पुगेको छ ।
तीन अंक बटुलेको साउदीले समूह चरणको अन्तिम खेलमा
मेक्सिकोविरुद्ध प्रतिस्पर्धा गर्ने छ । पोल्यान्डसँग गोलरहित खेलेको मेक्सिकोलाई अर्जेन्टिनाविरुद्धको हारले अन्तिम १६ मा स्थान बनाउन कठिन हुने देखिएको छ ।