झापा क्षेत्र नम्बर १ (ख) बाट राप्रपाकी सविना बजगाईं विजयी बनेकी हुन् भने इलाम १ (क) बाट नेकपा (एकीकृत समाजवादी) की खिनु लङ्वा लिम्बू निर्वाचित भएकी छन् ।
बजगाई माओवादी केन्द्रका उम्मेदवार श्यामवीर लिम्बूलाई पराजित गर्दै प्रदेशसभा सदस्य निर्वाचित भएकी हुन् ।प्रदेश सरकारमा पर्यटन तथा संस्कृति मन्त्री रहेकी लिम्बू एमालेकी शोभा पराजुलीलाई पराजित गर्दै प्रदेशसभा सदस्य विजयी बनेकी हुन् ।
एमाले, माओवादी र एकीकृत समाजवादीले २–२ जना तथा राप्रपाले एक महिलालाई प्रदेशसभामा उम्मेदवार बनाएका थिए । कांग्रेसबाट भने महिला उम्मेदवार प्रतिस्पर्धामा थिएनन् ।सुनसरीका ८ सिटमध्ये ३ (क) मा माओवादीबाट उम्मेदवार बनेकी प्रदेशसभाका पूर्वउपसभामुख सरस्वती पोख्रेल एमालेका रोहित कार्कीबाट पराजित भएकी छन् ।
मोरङ क्षेत्र नम्बर ६ (क) मा एमालेकी रीता न्यौपाने माओवादी केन्द्रका जीवन आचार्यसँग पराजित भएकी छन् ।
माओवादीकी कुसुमकुमारी श्रेष्ठ धनकुटा (ख) मा एमालेका इन्द्रमणि पराजुलीसँग पराजित भएकी छन् । उनी अघिल्लो प्रदेशसभामा समानुपातिकतर्फबाट सदस्य थिइन् ।
नेकपा (एकीकृत समाजवादीकी सरिता थापा संखुवासभामा एमालेका बिदुर लिंधेपसँग पराजित भएकी छन् ।
प्रदेशसभा सदसयका लागि तेह्रथुम, भोजपुर, उदयपुर खोटाङ, सोलु, ओखलढुंगा, पाँचथर र ताप्लेजुङमा महिला उम्मेदवार थिएनन् ।
२०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ इलामकी खिनु लङ्वा र उदयपुरकी कला घले निर्वाचित भएका थिए । समानुपातिकबाट प्रदेशसभामा ३० जना महिला सदस्य थिए ।