यादवले नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर उम्मेदवारी दिएका थिए ।
यादवले गठबन्धनकै अर्को दल लोसपाका उम्मेदवार महतोलाई २ हजार ११ मतान्तरले पराजित गरेका हुन् ।यादव २०७० को निर्वाचनमा पनि महतोलाई पराजित गर्दै २ हजार ५ सय मतान्तरले विजयी भएका थिए ।
यादवले २३ हजार ५२९ मत ल्याउँदा महतोले २१ हजार ५१८ मत ल्याएका छन् । जसपा–एमाले गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार राजनारायण साहले १४ हजार ८१९ मत पाए ।