सिरहा । सिरहाको चार वटै निर्वाचन क्षेत्रमा एमाले जसपा गठबन्धन निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ मा एमाले, २ र ४ मा जसपा र ३ मा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।

सिरहा १ मा एमालेका रामशंकर यादव, क्षेत्र नं. २ मा जसपाका नेता राजकिशोर यादव , क्षेत्र नं. ३ मा एमालेकै नेता पूर्व कानुनमन्त्री लिलानाथ श्रेष्ठ पुनः निर्वाचित भएका छन् भन्ने ४ नम्बर क्षेत्रमा डा. विरेन्द्रप्रसाद महतो निर्वाचित भएका हुन् ।

प्रदेशसभातर्फका आठ क्षेत्रमा भने मिश्रित परिणाम आएको छ । एमाले-जसपा गठबन्धन र पाँच दलीय  लोकतान्त्रिक बाम गठबन्धन र अन्य स-साना दलले उम्मेदवारी दिए पनि एमाले गठबन्धन, सत्ता गठबन्धन र जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।

सिरहा १ (क) मा एमालेका राजेन्द्रप्रसाद चौधरी थारु विजय भएका छन् । यसैगरी, प्रदेश ‘ख’मा जनता समाजवादी पार्टीका राजकुमार गुप्ता विजयी हुँदा क्षेत्र नम्बर २ (क) बाट जनमत पार्टीका संजय यादव र क्षेत्र नं. २ ‘ख’मा नेकपा एमालेका सत्रुधनप्रसाद सिंह विजय भएका छन् ।

सिरहा ३ (क) मा एमालेका मनोज सिंह विजयी भए भने (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका एकीकृत समाजवादीका प्रमोदकुमार यादवले बाजि मारे ।

सिरहा ४ (क) प्रदेशसभा सदस्यमा जनमत पार्टीका त्रिभुवन साह निर्वाचित भएका छन् भने (ख)मा सत्ता गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टीका रामबाबु यादव निर्वाचित भए ।

सिरहामा दुई लाख २४ हजार ९९ पुरुष, एक लाख ९८ हजार ६ सय ११ महिला र २ अन्य मतदातासहित जम्मा चार लाख २२ हजार ७१ मतदाता छन् । जिल्लाको चार वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगणना सकिएको र समानुपातिक तर्फको मतगणना जारी रहेकाे मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु