शुक्रबारसम्म हजारभन्दा बढी मतले अग्रता कायम गरेका नेम्वाङ इलाम नगरपालिका क्षेत्रको मतगणना सुरु भएपछि पछि पर्दै गएका हुन् ।
पछिल्लो समय इलाम नगरपालिका क्षेत्रको वडा, १, २ र ३ को गणना भइरहेको हो । तीमध्ये वडा २ एमालेको प्रभाव क्षेत्र मानिन्छ भने अरु दुईवटा वडा कांग्रेसको प्रभाव क्षेत्र हो ।२०४८ सालयता निरन्तर निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका नेम्वाङलाई यसपटक पहिलोचोटि प्रतिस्पर्धा गरिरहेका कांग्रेसका खड्काले चुनौती दिएका हुन् ।