इन्डाेनेसिया । इन्डोनेसियाको मुख्य टापु जाभामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या तीन सय १० पुगेको छ ।

इन्डाेनेसियाकाे राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीका अनुसार भूकम्पका कारण पश्चिमी जाभा सहर सियानजुरमा अझै २४ बेपत्ता रहेका छन् ।

२१ नाेभेम्बरमा गएकाे ५.६ रेक्टर स्केलकाे भूकम्पकाे कारण ठूलाे भाैतिक क्षति भएकाे बताइएकाे छ ।

भूकम्पले आवास तथा संरचनामा बढी क्षति गरेकाे राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीले उल्लेख गरेकाे छ ।

3
Shares
१० मंसिर २०७९, शनिबार १२:५८