विराटनगर । प्रदेश १ का १४ जिल्लामा रहेका ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये ४४ वटाको मतगणनाको नतिजा आइसकेको छ । ११ वटाको आउन बाँकी छ भने एउटा क्षेत्रमा मतगणना सुरु भएकै छैन ।

पछिल्लो मतगणना परिणामअनुसार नेकपा (एमाले) का विजयी उम्मेदवारको संख्या बढी छ । त्यसपछि नेपाली कांग्रेसबाट विजयी हुनेको संख्या छ ।

एमालेबाट खोटाङ (क) मा एमालेका पाँचकर्ण राई विजयी बनेका छन् । मोरङ ४ (क) मा जयप्रकाश चौधरी निर्वाचित भएका छन् भने ताप्लेजु (क) बाट तिलकुमार मेन्याङ्बो, ताप्लेजुङ विजयी बनेका छन् ।

यस्तै इलाम २ (ख) बाट एमालेका रामबहादुर राना विजयी बनेका छन् । संखुवासभा (ख) बाट विदुरकुमार लिङ्थेप, झापा २ (ख) बाट तिलचन पाठक, झापा ३ (ख) बाट छविलाल चुँडाल विजयी बनेका छन् ।

यसैगरी झापा ४ (क) बाट राधाकृष्ण खनाल, झापा ५ (क) बाट हिक्मतकुमार कार्की, झापा ५ (ख) बाट होमबहादुर थापा, झापा २ (क) बाट एकराज कार्की एमालेबाट निर्वाचित भइसकेका छन् ।

धनकुटा (ख) बाट इन्द्रमणि पराजुली, धनकुटा (क) बाट निरन राई, मोरङ १ (क) बाट उमाकान्त गौतम, मोरङ २ (ख) बाट लिलाबल्लभ अधिकारी निर्वाचिन भएका छन् ।

सुनसरी २ (क) बाट रेवतीरमण भण्डारी, सोलुखुम्बु (ख) बाट बुद्धिकुमार राजभण्डारी, मोरङ ३ ख) बाट ज्ञानेन्द्र सुवेदी प्रदेश सभा सदस्य विजयी बनेका छन् ।

मोरङ १ (ख) बाट खड्गबहादुर बस्नेत, सुनसरी १ (क) बाट रमेशकुमार बस्नेत, सुनसरी १ (ख) बाट विजयकुमार राई, सुनसरी २ (ख) बाट रामप्रसाद महतो, सुनसरी ३ (क) बाट रोहितबहादुर कार्कीले एमालेबाट अग्रता कायम राखेका छन् ।

यस्तै , इलाम १ (ख) बाट दीपककुमार थेबे, तेह्रथुम (क) बाट किशोरचन्द्र दुलाल ले अग्रता लिएका छन् ।

नेपाली काँग्रेसबाट खोटाङ (ख) मा भुपेन्द्र राई, ओखलढुंगा (क) बाट प्रदीपकुमार सुनुवार, झापा १ (क) बाट गोपाल तामाङ, उदयपुर २ (ख) बाट रामकुमार खत्री विजयी बनेका छन् ।

यस्तै मानबहादुर लिम्बू, मोरङ ३ (क) बाट, गयानन्द मण्डल, मोरङ ५ (क) बाट, ताप्लेजुङ (ख) बाट ७० खगेन सिंह हाङ्गाम निर्वाचित भएका छन् । झापा ३ (क) बाट भूमिप्रसाद राजवंशी, तेह्रथजुम (क) बाट सन्तोष सुब्बा, भोजपुर (ख) बाट विनोद राई, मोरङ ४ (ख) बाट भीम पराजुली, मोरङ ५ (ख) बाट अमृत अर्याल कांग्रेसबाट प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसबाट अग्रता लिइरहेकाहरुमा सदानन्द मण्डल, सुनसरी ४ (क), इसाइल मन्सुरी, सुनसरी ४ (ख), हिमाल कार्की, उदयपुर १ (ख) गोविन्द गिरी, इलाम २ (क) बाट छन् ।

माओवादी केन्द्रबाट पाँचथर (ख) मा इन्द्रबहादुर आङ्बो, ओखलढुंवगा १ (ख) बाट बाबुराम गौतम, उदयपुर २ (क) बाट नारायणबहादुर मगर, संखुवासभा (क) बाट राजेन्द्र कार्की, तेह्रथुम (ख) बाट दुर्गाप्रसाद चापागाईं, मोरङ २ (क) बाट गणेशप्रसाद उप्रेती, सोलुखुम्बु (क) बाट गोम्बु शेर्पा, मोरङ ६ (क) बाट जीवन आचार्य, उदयपुर १ (क) बाट राजन किराँती विजयी बनेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृतबाट निर्वाचित भएकामा मुख्यमन्त्री राजेन्द्रकुमार राई, भोजपुर (क), कमलप्रसाद जबेगु, पाँचथर (क) छन् ।

इलामको १ (क) बाट खिनु लङ्वा लिम्बूले अग्रता कायम गरेकी छन् ।

राप्रपाका सविना बजगाईं, झापा १ (ख), झापा ४ (ख) बाट भक्तिप्रसाद सिटौला विजयी बनेका छन् ।

63
Shares
१० मंसिर २०७९, शनिबार १२:३५