इलाम । मतगणनाको अन्तिमतिर पुग्दा प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर २ मा कडा प्रतिस्पर्धा देखिएको छ । एमालेका सुवास नेम्वाङ र कांग्रेसका डम्बर खड्काबीच प्रतिस्पर्धा रोचक बनिरहेको छ ।

हालसम्म उक्त क्षेत्रको ६४ हजार १३७ मत गनिएको छ । यसमध्ये नेम्वाङले २७ हजार ८१९ मत प्राप्त गरेका छन् भने कांग्रेसका खड्काले २७ हजार ६८५ मत पाएका छन् ।

नेम्वाङ र खड्काबीचको मतान्तर १३४ छ ।

दुई हजारभन्दा बढीले अग्रता बनाएका नेम्वाङले अरु अग्रता बढाउन सकेका छैनन् भने खड्काको पक्षमा मत बढिरहेको छ ।

अब इलाम नगरपालिकाका १, २ र ३ नम्बर वडाको गणना सकिन बाँकी छ । तीमध्ये हाल ३ नम्बर वडाको मतगणना भइरहेको छ ।

तीवडामध्ये वडा १, साँखेजुङ कांग्रेस, वडा २, सुम्बेक एमालेको प्रभाव क्षेत्र अनि वडा नम्बर ३, पुवामझुवा कांग्रेसको प्रभाव क्षेत्र मानिन्छ ।

अहिलेसम्मको मतगणनाको प्रवृत्ति हेर्दा यी दुई उम्मेदवारबीच करिब २०० मतको अन्तरले हारजित हुने दुबै पक्षका नेताहरुले आकलन गरेका छन् ।

56
Shares
१० मंसिर २०७९, शनिबार ११:३६