दोस्रो खेलमा समूह ‘सी’ अन्तर्गत पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र साउदीबीचको खेल साँझ ६ : ४५ बजे सुरु हुनेछ ।
यसैगरी तेस्रो खेलमा साविक विजेता फ्रान्सले आज डेनमार्कसँग खेल्दैछ । समूह ‘डी’ को यो खेलमा डेनमार्कविरुद्ध मैदान उत्रदा फ्रान्स डेनमार्कसँग एकै वर्षमा तेस्रो हार टार्ने लक्ष्यमा हुनेछ ।स्टेडियम ९७४ मा हुने खेल नेपाली समय अनुसार राति ९ : ४५ बजे सुरु हुनेछ । अस्ट्रेलियालाई ४ – १ गोलले पराजित गर्दै फ्रान्सले उपाधि रक्षाको यात्रा सुरु गरेको थियो । डेनिस टिमलाई हराए फ्रान्सले समूहको एक खेल बाँकी हुँदै नकआउट चरणमा स्थान सुरक्षित गर्नेछ । सन् २०२२ मा दुई पटक डेनमार्कसँग हारेको फ्रान्स सचेत देखिएको छ । नेसन्स लिगअन्तर्गत गत जुनमा डेनमार्कले फ्रान्सलाई २ – १ गोलले पराजित गरेको थियो । सेप्टेम्बरमा २ – ० को जित निकाल्यो ।
फ्रान्स प्रशिक्षक डिडिय डेस्सोमले चार महिनाको अवधिमा दुई पटक हराएर डेनमार्कले आफूहरुलाई कठिन स्थितिमा पुर्याएको बताए । आजको खेलमा भने सोही नतिजा नदोहोरिने उनको विश्वास छ । जारी विश्वकपमा डेनमार्कको सुरुवात भने अपेक्षाकृत रहेन् । उसले ट्युनिसियासँग गोलरहित बराबरी खेलेको थियो । समूह चरणभन्दा अघि बढ्ने हो भने फ्रान्सलाई पराजित गर्नु पर्नेछ ।यस्तै, अर्जेन्टिनाले समूहको दोस्रो खेलमा आज मेक्सिकोसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेल हार्दै घाइते भएको अर्जेन्टिना जित्नै पर्ने दबाबमा छ ।
कतारको दोहास्थित लुसेल रंगशालामा हुने समूह ‘सी’ को यो खेल नेपाली समय अनुसार राति १२ : ४५ बजे सुरु हुनेछ । पहिलो खेलमा लियोनल मेस्सीको टोलीले साउदी अरेबियासँग २ – १ गोलको हार बेहोरेको थियो । मेस्सीले पेनाल्टी गोलमार्फत सुरुवाती अग्रता दिलाए पनि साउदीले दोस्रो हाफमा दुई गोल फर्काएको थियो । पहिलो हाफमा अर्जेन्टिनाका तीन गोल अफसाइड भएका थिए । आजको खेल जिते उपाधि दाबेदारमध्येको एक अर्जेन्टिनाको नकआउट सम्भावना जीवितै रहनेछ ।
अर्जेन्टिना सन २०१४ को कोपा अमेरिकामा १ – ० ले पराजित भएयताका दश भेटमा मेक्सिकोसँग अपराजित छ । यसै समूहका पोल्यान्ड र साउदी अरेबिया एडुकेशन सिटी रंगशालामा साँझ पौने ६ बजे आमने सामने हुनेछन् । लेवान्डोस्कीको टोलीले नकआउटको सम्भावना जीवितै राख्ने हो भने साउदीलाई हराउनुको विकल्प छैन । पोल्यान्डलाई पराजित गरे साउदी अरेबियाले १९९४ पछि पहिलो पटक विश्वकपको अन्तिम १६ मा स्थान बनाउनेछ । यसअघि २००६ मा भएको मैत्रीपूर्ण खेलमा पोल्यान्डले साउदीलाई २ – १ ले हराएको थियो ।