काठमाडौं। नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी नुवाकोटको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका छन् ।

२८ हजार १०७ मत ल्याएर उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

पाण्डेले १६ हजार चारसय ७७ मत पाएका छन् भने नेकपा (एमाले) का नारायणप्रसाद खतिवडाले १५ हजार पाँच सय ६१ मत ल्याएका छन् ।

विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार खतिवडासँग १० हजार मतान्तरले पराजित भएका केसी यो पटक खतिवडाभन्दा १२ हजार पाँच सय ६४ मतान्तरले निर्वाचित भएका हुन् ।

उक्त क्षेत्रमा खसेको कूल ७७ हजार चार मतको शनिबार बिहान सम्पन्न गणनाको नतिजाअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार झनक प्याकुरेलले एक हजार पाँच सय ७१ मत ल्याएका छन् ।
14
Shares
१० मंसिर २०७९, शनिबार ०८:३०