गुरुङले १९ हजार ७ सय २ मत पाएकी छन् । सुब्बाले १८ हजार ६ सय २३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
२०७४ को निर्वाचनमा हालका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग २ हजार २१ मतले पराजित गुरुङले यसपटक बाजी मारेकी हुन् ।
प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवानिकट कांग्रेस केन्द्रीय सदस्य गुरुङ ०६४ र ०७० को संविधानसभा निर्वाचनपछि समानुपातिक सदस्य थिइन् । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री पनि बनेकी थिइन् ।