रश्मी थापा

विराटनगर । जाडो मौसमको सुरुवातसँगै मानिसहरुमा छालाका विभिन्न समस्याहरु देखा पर्न थाल्छ । मौसम परिवर्तनको प्रभाव सबैभन्दा पहिले छालामा देखिन्छ । हातखुट्टा फुट्ने, छाला उप्किने, सुख्खा हुने जस्ता समस्याले मानिस हैरान हुन्छन् । शरीरको संवेदनशील भागहरु अनुहार, कान, घाँटी, हात, पैतला आदि कपडाले प्रायः छोपिदैनन् त्यसैले यी भागहरु सुक्खा हुने गर्छन् ।

जाडोको समयमा चिसो हावा चल्ने र वातावरण पनि चिसो हुन्छ । जाडोमा छाला सुख्खा हुने, चिलाउने, एलर्जी, ओठ फुट्ने, हात खुट्टा फुस्रो हुने, कपालमा चाया पर्ने, अनुहारमा विभिन्न किसिमका समस्या देखिने लगायतका समस्या देखिने गर्छ । त्यसैले जाडो महिनामा अन्य समयको तुलनामा छालाको हेरचाह गर्नु महत्वपूर्ण हुन्छ ।

जाडो मौसममा देखिने छालाका समस्याहरूबाट बच्न विभिन्न उपाय अपनाउन सकिन्छ । जाडो मौसममा छालालाई हुन सक्ने हानीबाट जोगाउन र विशेष हेरचाह गर्न स्किन एन्ड ब्युटी थेरापिस्ट आकाश अग्रवालले दश सुझाव दिएका छन्ः

साई आकाश
स्किन एन्ड ब्युटी थेरापिस्ट आकाश अग्रवाल

१. छालालाई दैनिक मोइस्चराइज गर्नुहोस्

चिसोले छालाको प्राकृतिक ओसिलोपन हटाउन सक्छ त्यसैले बिहान र साँझ आफ्नो छालाको विशेष हेरचाह गर्नुपर्छ । यदि तपाईंसँग धेरै समय छैन भने मोइस्चराइजिंग मेकअप रिमूभर र मोइस्राइजर प्रयोग गर्नुहोस् जसले तपाईँको छालाको लागि काम गर्नेछ ।

२) तातो पानीले नुहाउन कम गर्नुहोस्

न्यानोपनको मज्जा लिँदै नुहाउन आन्नददायी हुन्छ तर तातो पानीले तपाईंको छालाको ओसिलोपन हटाउन सक्छ । नुहाउने कार्य दस मिनेटभित्र सक्ने प्रयास गर्नुहोस र पानीलाई मन्ध न्यानो राख्नुहोस् ।

३) ओठ एक्सफोलिएट गर्नुहोस्

फुटेको ओठको लागि लिप बाम उपयोगी हुन्छ तर कहिलेकाहीँ यसले काम नगर्न सक्छ । त्यसैले ओठमा भएका डेड सेल हटाउन सफा टुथब्रसले पाउट एक्सफोलिएट गर्नुहोस् ।

४) अनुहारमा राम्रो तेल प्रयोग गर्नुहोस्

गर्मीमा तपाईँ तेलमा आधारित उत्पादनहरूबाट बच्न चाहनुहुन्छ तर जाडोमा यसले तपाईंको छालालाई धेरै राम्रो बनाउँछ । नीरसपन हटाउन र छालाको माथिल्लो तहहरू भर्नको लागि हप्तामा तीन पटक चमक बढाउने तेल अनुहारमा प्रयोग गर्नुहोस् ।

५) खानामा भिटामिनको मात्रा वृद्धि गर्नुहोस्

चम्किलो छालाको लागि आफ्नो खानामा भिटामिन ‘ए’ र ‘सी’को मात्रामा वृद्धि गर्नुहोस् । आँप, आलु र ब्रोकाउलीमा छाला स्वस्थ राख्न मद्दत गर्ने पौष्टिक तत्व हुन्छन् त्यसैले खानामा यसको प्रयोगमा गर्नु उचित हुन्छ ।

६) ओसिलो छालालाई मोइस्चराइज गर्नुहोस्

नुहाउने बित्तिकै आफ्नो छाला सुख्खा नहोस् भन्नका लागि मोस्चराइजर लगाउनुहोस् । आफ्नो छालामा आद्रता कम हुन नदिन जाडो मौसममा आफ्नो कोठाको ढोका बन्द राख्न उत्तम हुन्छ ।

७) ह्यान्ड क्रिमकाे नियमित प्रयोग गर्नुहोस्

तपाईँको हातका छाला सुख्खा हुन्छन् भने दैनिक ह्यान्ड क्रिम प्रयोग गर्नुहोस् । सिलिकन आधारित क्रिमको प्रयोग फाइदाजनक हुन्छ ।

८) कपडा खरिदमा ध्यान दिनुहोस्

तपाईंको मनपर्ने आरामदायी जम्पर ऊन वा सिंथेटिक फाइबरबाट बनेको हुन सक्छ तर यसले संवेदनशील छालालाई सुख्खा पार्न सक्छ । त्यसैले जाडोका कपडा खरिद गर्दा विशेष ध्यान दिनुहोस् ।

९) व्यायाम गर्नुहोस्

जाडोमा कसरत गर्न अल्छी लाग्न सक्छ । तर जाडोमा छालाको लागि कसरत उपयोगी हुन्छ । नियमित व्यायाम गर्नाले रक्तसञ्चारमा सुधार हुन्छ जसले छालालाई थप रंग दिन्छ ।

१०) आफ्नो आँखाको हेरचाह गर्नुहोस्

तपाईँको आँखा वरपरको पातलो छाला जाडो महिनाहरूमा विशेष गरी कमजोर हुन्छ त्यसैले आँखाको लागि राम्रो क्रिम प्रयोग गर्नुहोस् । प्राकृतिक उपचारको लागि सुत्नुअघि ग्रिन टिको चिसो झोला आफ्नो आँखाको ढक्कनमा पाँच मिनेटसम्म राख्नुले फाइदा गर्छ ।

(प्रशिक्षार्थी)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु