विराटनगर । मोरङ क्षेत्र नम्बर २ (ख) बाट नेकपा (एमाले) का लिलाबल्लभ अधिकारी प्रदेशसभमा सदस्य निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका विनोद कार्कीलाई २ हजार ८ सय मतान्तरले पराजित गरे ।

उक्त क्षेत्रबाट अधिकारीको यो दोस्रो जित हो । उनले १७ हजार ७ सय ५२ मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी कांग्रेसका कार्कीले १४ हजार ९ सय ५२ मत प्राप्त गरे ।

उक्त क्षेत्रमा ६३ हजार ६ सय ७१ मतदाता थिए । ४० हजार २ सय १३ मत खसेकोमध्ये ३८ हजार ५ सय २८ मत सदर भएको छ । १ हजार ६ सय ८५ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
49
Shares
९ मंसिर २०७९, शुक्रबार २०:४७