मतगणनाको अन्तिम परिणामअनुसार एमालेका पोखरेलले ३३ हजार १४८ मत प्राप्त गरेका छन् भने कोइरालाले ३१ हजार ९४० मत ल्याएकी छन् ।
सुजाताका पिता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला त्यही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा कांग्रेसका मिनेन्द्र रिजाल उक्त क्षेत्रबाट विजयी बनेका थिए ।विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेल २०७० को संविधानसभा निर्वाचनमा सभासद निर्वाचित भएका थिए ।
त्यसबेला उनले नेपाली कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई चुनाव हराएका थिए । २०७४ को प्रतिनिधिसभा सदस्यमा भने कांग्रेसका रिजालसँग पराजित भएका थिए ।
२०५४ सालमा पोखरेल अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य भएका थिए । उनले अनेरास्ववियुको सचिवालय सदस्यको जिम्मेवारीसमेत पाएका थिए । २०४७ मा एमालेको जिल्ला कमिटी सदस्यबाट पार्टी राजनीति सुरु गरेका उनी अहिले दोस्रो कार्यकालमा पार्टीको जिल्ला अध्यक्ष छन् ।