हामीबीच भगवान,
ल्याउन कहिल्यै मन थिएन
हिजो पुकारेँ र भने
उसलाई त्यस्तै होस्
जस्तो मलाई गर्यो !

म चुडिएँ, कुडिएँ, टाडिएँ
सामान्य रहिन्,
पटक पटक
ठाउँ ठाउँ छोडिएँ !

कोसिस कोर्दा कोर्दा थाकेँ
उत्साह, उमङ्ग चिटिक्क परेर बसेँ,
कतै नगइ घरमै थन्किएँ !

सबका सब ओगटिएछन्
ध्यान जति तिमीलाई
पवित्र मनले दिनु दिएछन् !

हिजो मात्र सर्वसम्मतिले
तिमीलाई ईश्वरको न्याय मिलोस्
भनी माइनुट गरी
अन्तिम हस्ताक्षरनिम्ति
मकहाँ पठाएँछन् !

मैले हनुमानजीलाई
हस्ताक्षर गरी फायल पठाएँ !

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु