विराटनगर । प्रदेश १ का पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले चुनावका क्रममा सत्ता गठबन्धनले भ्रम छर्ने काम गरेको बताएका छन्।

‘भ्रम, कुप्रचार, चरित्र हत्या र पैसा वितरणबीच स्वच्छता, इमान्दारिता, विकास र पारदर्शिताको पक्षमा माया गरे भोट हालिदिनु भएको छ’ उनले भने, ‘बरु अबको लडाइँका लागि तयार रहन आग्रह गर्छु। आग्रह र पूर्वाग्रहबीच पनि हामीले राम्रो भोट पायौँ। तर निर्वाचनमा भएका घात अन्तर्घातको पनि निर्वाचन परिणामको समीक्षा हुनेछ ।’

भोजपुरमा शुक्रबार आयोजित पत्रकार भेटघाटका क्रममा उनले चुनावी प्रतिस्पर्धामा हारजित स्वाभाविक प्रक्रिया भएको पनि बताएका छन्। उनले मतदातालाई निरास नहुने अनुरोध गरेका छन् । आफ्नो पराजय स्वीकार्दै उनले यस्तो अनुरोध गरेका हुन् ।

‘चुनावमा हारजित हुन्छ यसलाई स्वीकारेको छु। म पराजित भएर केही फरक परेको छैन’ उनले भने, ‘तर जिल्ला र भोजपुरबासीलाई फरक परेमा अफशोच हुनेछ। सबै मतदाता र शुभेच्छुकलाई निराश नहुन आग्रह गर्दछु। म सबैलाई निराश नहुन हार्दिक आह्वान गर्छु।’

भोजपुरमा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका सुदन किराती विजयी भएका छन्।

उनलेले २८ हजार ५ सय ७५ मत पाए भने शेरधनले २६ हजार १९३ मात्र प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु