काठमाडौं । इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले अग्रता बढाएका छन् । उनी एकीकृत समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पछि पारेका छन् ।

पछिल्लो मतगणना परिणामअनुसार उनले १३ हजार ७ सय ४६ मत ल्याएका छन् भने खनालले १ हजार ७ सय १२ मत प्राप्त गरेका छन् । उनीहरुबीच मतान्तर २ हजार २४ छ ।

क्षेत्र १ प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ।
63
Shares
९ मंसिर २०७९, शुक्रबार १६:५०