विराटनगर । प्रदेश १ मा लैिङ्गक हिंसा विरुद्धको १६ दिने अभियान शुक्रबार सुरु हुने भएको छ । कात्तिक २० गतेसम्म सञ्चालन हुने अभियानलाई विभिन्न कार्यक्रममार्फत् मनाइने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको संयोजकत्वमा हुुने उक्त अभियानलाई माइती नेपाल, खेलकुद महाशाखा तथा विभिन्न सरकारी र गैरसहकारी संघ संस्थाहरुले साथ दिने सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बरालले बताइन् ।

‘युनाइट, एक्टिभिजम टु इन्ड भोइलेन्स एगेन्स वुमन एण्ड गल्र्स’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ भन्ने राष्ट्रिय नाराका साथ अभियान सञ्चालन हुन लागेको हो ।

प्रदेशका स्थानीय तहहरु तथा सरोकारवाला संघ संस्था र निकाय सबै पक्षबाट यो अवधिभर अभियान सञ्चालन हुने बरालले जानकारी गराइन् ।

मन्त्रालयका सचिव बासुदेव दाहालबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदका प्रमुख सचिवलाई शुक्रबार सेतो रिबन, फ्लेक्स र ब्रोसर हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिने भएको छ ।

मन्त्रालयको अगुवाईमा शुक्रबार आन्तरिक मामिला तथा कानून, आर्थिक मामला तथा योजना मन्त्रालय र जिल्ला प्रहरी कार्यालय मोरङ कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन २०७१ को प्रमुख व्याख्यासम्बन्धी पm्लेक्स, ब्रोसर वितरण र लैङ्गिक हिंसा विरुद्धको अन्तरक्रिया तथा छलफल पनि गरिने भएको छ ।

अभियानमा संघ–संस्थाहरु र महिल अधिकारकर्मीहरु सँगको समन्वय र सहकार्यमा लैगिक हिंसा अन्त्यसम्बन्धी जनचेतनामूलक कार्यहरु सञ्चालन गर्ने, मन्त्रालयका लैङ्गिक सम्पर्क व्यक्तिहरुका लागि लैङ्गिक समानता र सामाजिक समावेशीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।

प्रदेशका सबै मन्त्रालयहरुका वेबसाइटमा १६ दिने अभियानसम्बन्धी प्रचार प्रसार सामग्री राखिने पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु