विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–३ मा बाल्टीको पानीमा डुबेर बिहीबार १ बालकको मृत्यु भएको छ ।

बाल्टीमा भरेको पानीमा डुबेर सन्तोष राईका २ वर्षीय छोरा यस राईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार घरनजिक रहेको कलमा प्लाष्टिकको बाल्टीमा पानी भरेर राखिएको रहेछ ।

खेल्ने गएका बालकलाई त्यसमै डुबेर घाइते भएको अवस्थामा बिहान १०ः५० बजेतिर फेला पारिएको थियो । उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु