विराटनगर । प्रतिनिधि सभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला सोलुखुम्बुमा नेकपा (एमाले) विजयी भएको छ ।

एमालेका मानवीर राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतको फराकिलो अन्तरले पाखा लगाए ।

राईले १९ हजार ३ सय २४ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी केसीले १६ हजार ५ सय ४५ मत मात्रै ल्याए । यद्यपि निर्वाचन आयोगले अन्तिम मतपरिणाम घोषणा गर्न भने बाँकी छ।

प्रदेशसभातर्फ ‘क’मा गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका गोम्बु शेर्पा (कर्ज्याङ) र ‘ख’मा एमालेका बुद्धिकुमार राजभण्डारी निर्वाचित भएका छन् ।

गत मंसिर ४ गतेको निर्वाचनमा सोलुखुम्बुमा ४० हजार ४ सय ३३ मत खसेको थियो। जिल्लामा कूल ८१ हजार ५ सय २ मतदाता रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु