काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकता प्रक्रिया थाल्ने बताएका छन् ।

निर्वाचनको सबै नतिजा सार्वजनिक भएपछि एकता प्रक्रिया सुरु हुने उनले बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले निर्वाचनपछि समीक्षा हुने र पुरै नजिता आएपछि एकताको प्रक्रिया सुरु गर्ने उल्लेख गरे ।

यसैबीच, नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले पनि माओवादीसँग एकता थाल्ने धारणा सार्वजनिक गरेका छन् । निर्वाचनको परिणाम आइसकेपछि यसबारे प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु