पूर्व राजाले महिना दिन दमक बसाईमा विभिन्न व्यक्तिहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ ।
आमनिर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको र राजसंस्थाको पुनर्वहालीको मुख्य मुद्दा उठाएर निर्वाचनमा भाग लिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले केही स्थानमा बिजय हासिल गरेको सन्दर्भमा पूर्व राजाको झापा भ्रमण अर्थपूर्ण रहन सक्ने मानिएको छ ।नेकपा (एमाले) सँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले उल्लेख्य मत हासिल गर्ने अनुमान छ ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पछि पार्दै झापा ३ बाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले अग्रता लिइरहेका छन् ।