प्रतिस्पर्धी नेकपा (एमाले)का स्थायी कमिटी सदस्य लालबाबु पण्डित भन्दा ६ हजार ६९ मतले कोइराला अगाडि रहेका हुन् । यो क्षेत्रमा हालसम्म ५५ हजार ६३४ मत गणना भइसकेको छ ।
कोइरालाले २१ हजार ७४५ मत पाएका छन् । उनलाई १५ हजार ६७६ मतका साथ पण्डितले पछ्याइरहेका छन् । दुई जनाबीचको मतान्तर ६ हजार ६९ रहेको हो ।क्षेत्र नम्बर ६ मा ८५ हजार ८३७ मत खसेको थियो । अब ३० हजार २०३ मत गणना हुन बाँकी छ ।