विराटनगर । मोरङ ५ (ख) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । उनले प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपाका नेता जयराम यादवलाई फराकिलो मत अन्तरले पराजित गर्दै उनी विजयी बनेका हुन् ।

अर्यालले १६ हजार १०२ मत ल्याए भने यादवले १० हजार ८ सय २४ मत प्राप्त गरे । तेस्रो भएका राप्रपका राजेश बानियाले ३ हजार २४७ मत ल्याएका छन् ।

मोरङ ५ (ख) मा ३४ हजार ८ सय ४ मत खसेको थियो । १ हजार ९ सय ९२ मत बदर भएको छ ।

यसअघि मोरङ क्षेत्र नं। ५ (क) मा काँग्रेसकै गयानन्द मण्डल निर्वाचित भइसकेका छन् ।

91
Shares
८ मंसिर २०७९, बिहीबार ०७:४६