अरु दुई क्षेत्रमा भने एउटामा माओवादीका उम्मेदवार अघि छन् भने एउटामा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका एमालेका योगेन्द्र मण्डलले फराकिलो मतान्तरले अग्रता अझ बढाएका छन् ।
मतगणनाको पछिल्लो परिणामअनुसार मोरङ १ मा नेकपा एमालेका घनश्याम खतिवडाको अग्रता कायमै छ । पछिल्लो मतगणना परिणामअनुसार उनले ११ हजार ४६४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका डिगबहादुर लिम्बूले १० हजार ६२६ मत प्राप्त गरेका छन् ।मोरङ २ मा एमालेका ऋषिकेश पोखरेलले १७ हजार २७ मत ल्याएका छन् । कांग्रेसकी सुजाता कोइरालाले १६ हजार ३८२ मत प्राप्त गरेकी छन् ।
मोरङ ३ मा कांग्रेसका सुनील शर्माले २४ हजार ९६२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका भानुभक्त ढकालले १३ हजार ९०१ मत ल्याएका छन् । यो क्षेत्रमा राप्रपाकी रेखा थापाले ५ हजार ६८८ मत प्राप्त गरेकी छन् ।मोरङ ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले २५ हजार ३२४ मत ल्याएर अग्रता बढाएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका विनोद ढकालले १५ हजार ७४२ मत प्राप्त गरेका छन् ।
मोरङ ५ मा स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डलले १६ हजार ४२६ मत ल्याएर अग्रता बनाएका छन् । सोही क्षेत्रमा जनता समाजवादी पार्टी नेपालका राजकुमार यादव र माआोवादीका शिवकुमार मण्डलले क्रमशः १२ हजार ७२६ र १२ हजार १५९ मत प्राप्त गरेका छन् ।
मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका डा. शेखर कोइरालाले १९ हजार २०० मत प्राप्त गरी अग्रता बढाएका छन् । उनका निकटम प्रतिस्पर्धी एमालेका लालबाबु पण्डिले १४ हजार २६५ मत प्राप्त गरेका छन् ।