बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
उनी निकटतम प्रतिद्वन्द्वी एमालेका सूर्यप्रसाद पाठकलाई २ हजार ६ सय २६ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।
केसीले कुल २१ हजार चार सय ५१ मत पाउँदा पाठकले १८ हजार आठ सय २५ मत पाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल नाै हजार एक सय ८२ मतसहित तेस्राे भएका छन् ।