विराटनगर । झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको विजय निश्चित भएको छ । हालसम्मको मतगणनामा शर्माले नेकपा एमालेका अग्नि खरेल पछि पारेका छन् ।

उक्त क्षेत्रमा ८१ हजार ७६४ मत खसेकामा ७० हजार ३७३ मत गणना भइसकेको छ । ११ हजार ३९१ मतमात्रै गणना हुन बाँकी छ । हालसम्मको गणनामा शर्माले खरेलभन्दा १२ हजार ६८० बढी मत ल्याइसकेका छन् ।

शर्माले ३४ हजार ५०८ मत ल्याएका छन् । एमालेका खरेलले २१ हजार ८२८ मत प्राप्त गरेका छन् ।

यसअघि ०७० र ०७४ मा निरन्तर पराजित भएका शर्माले तेस्रो प्रयासमा संसदमा प्रवेश पाउने निश्चित भएको छ ।

14
Shares
७ मंसिर २०७९, बुधबार १५:४१