बुधबार प्रतिनिधिसभा सदस्यमा निर्वाचित बनेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् ।
देशमा परिवर्तनको सुरुवात भइसकेकाले कोही पनि नेपालीहरु आत्तिनुपर्ने अवस्था नरहेको उनको तर्क छ । उनले अब देशमा नै युवाहरुले केही न केही गरेर देशमै बस्ने वातावरण बनाउन सक्नुपर्ने बताइन् । अबको ५ वर्षमा देशमा परिवर्तनको ढोका खुल्ने बताउदै गौतमले अहिले भइरहेको प्रदेश संरचनालाई सुधार गर्नुपर्ने आवश्यक्ता औल्याएकी छिन् ।जिम्मेवारी बहन गर्न आफू सक्षम रहेको भन्दै उनले देशले गर्व गर्न लायक काम गरेर देखाउने प्रतिबद्धता जनाइन् ।