उनले १५ हजार दुई सय २९ मत पाएकी छन् भने निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयालले ११ हजार ५ सय ५५ मत प्राप्त गरेका छन् ।
यसैगरी ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको जित सुनिश्चित भएको छ । बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १७ हजार ३२६ मत पाएकी छन् ।उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार ९९६ मत पाएका छन् । सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ६ हजार ३४ मत पाएकी छन् ।