पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुनसरीको कोसी गाउँपालिका–३ बाट २ सय १७ किलोग्राम गाँजा बरामद भएको हो । तरकारी (बन्दाकोभी) लिएर धनकुटाबाट जनकपुरतिर जाँदै गरेको को १ च ८५२५ नम्बरको पिकअपबाट लागुऔषध गाँजा बरामद भएको सशस्त्रले जनाएको छ ।
गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा बन्दाकोभी लोड गरिएको गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले टोली परिचालन गरेका थिए । सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी विक्रम होमागाईं र निर्वाचन सुरक्षाका लागि खटिएको सशस्त्रका इन्सपेक्टर भूपेन्द्रकाजी निरौला नेतृत्वको संयुक्त टोलीले बिहान ४ बजेतिर रोकेर पिकअप खानतलासी गर्दा गाँजा बरामद भएको हो ।सशस्त्रले रोकेर खानतलासी सुरु गर्नासाथ पिकअप छाडेर चालक फरार बनेका थिए चालकको खोजी तीव्र पारिएको सशस्त्रले जनाएको छ । तरकारीको गाडीभित्र लागुऔषध गाँजा भेटिएपछि ढुवानीका साधनमाथि सशस्त्रले निगरानी बढाएको छ ।