विराटनगर । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मोरङका तीनवटा क्षेत्रका उम्मेदवारले प्रतिस्पर्धीभन्दा उल्लेख्य बढी मत ल्याएर अग्रता बढाएका छन् । एउटा क्षेत्रमा कांग्रेसका उम्मेदवारले उल्लेख्य मतले प्रतिस्पर्धीलाई पछि पारेका छन् ।

यस्तै अर्को क्षेत्रमा माओवादीका उम्मेदवार प्रतिस्पर्धीभन्दा निकै अघि देखिएका छन् । एउटा क्षेत्रमा स्वतन्त्र उम्मेदवारको मत प्रतिस्पर्धी उम्मेदवारभन्दा उल्लेख्य रुपमा बढी आएको छ ।

मोरङ ३ मा कांग्रेसका सुनील शर्माले करिब ४ हजार मतले अघि छन् । उनले १०७९५ मत पाएका छन् भने एमालेका भानुभक्त ढकाल ६४८८ मत प्राप्त गरेका छन् ।

यसैगरी मोरङ ४ मा माओवादीका अमनलाल मोदीले पनि फराकिलो अन्तरले अग्रता कायम गरेका छन् । उनले १५८०९ मत पाउँदा एमालेका विनोद ढकालले ८८५८ मत ल्याएका छन् ।

यस्तै, मोरङ ५ मा स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डल प्रतिस्पर्धीभन्दा करिब ३ हजार मतले अघि छन् । उनले १२०३५ मत पाएका छन् । यो क्षेत्रमा माओवादीका शिवकुमार मण्डलले ९११९ मत प्राप्त गरेका छन् ।
91
Shares
७ मंसिर २०७९, बुधबार ०९:०९