विराटनगर । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मोरङ विभिन्न ६ वटा क्षेत्रको मतगणना जारी छ । पछिल्लो परिणामअनुसार दुई स्थानमा एमालेका उम्मेदवार अघि देखिएका छन् । कांग्रेसले दुई क्षेत्रमा अग्रता कायम गरेको छ भने एउटामा स्वतन्त्र उम्मेवार अनि अर्को एउटामा माओवादी केन्द्रका उम्मेदवारले अग्रता बढाएका छन् ।

मोरङ १ मा एमालेका घनश्याम खतिवडाले ६२४३ मत प्राप्त गरेका छन् भने कांग्रेसका डिगबहादुर लिम्बूले ५६३१ पाएका छन् ।

मोरङ २ मा एमालेका ऋषिकेश पोखरेलले ८७३९ मत प्राप्त गरेका छन् भने कांग्रेसकी सुजाता कोइरालाले ८५३९ मत पाएकी छन् ।

यसैगरी मोरङ ३ मा कांग्रेसका सुनील शर्माले १०७९५ मत पाएका छन् । यो क्षेत्रमा एमालेका भानुभक्त ढकाल ६४८८ मत प्राप्त गरेका छन् ।

मोरङ ४ मा माओवादीका अमनलाल मोदीले १५८०९ मत पाउँदा एमालेका विनोद ढकालले ८८५८ मत ल्याएका छन् ।

यस्तै, मोरङ ५ मा स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डलले १२०३५ मत पाएका छन् । यो क्षेत्रमा माओवादीका शिवकुमार मण्डलले ९११९ मत प्राप्त गरेका छन् ।

मोरङ ६ मा कांग्रेसका डा. शेखर कोइरालाले ९६८६ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् भने एमालेका लालबाबु पण्डितले ८०२७ मत पाएका छन् ।

70
Shares
७ मंसिर २०७९, बुधबार ०९:००