गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।
सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकमा लु ३ च ५३४० नम्बरको जीप दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा झलक सोमै, उनकी पत्नी जमुना सोमै, टीका राहादी, नरबहादुर सिंजापति र मिलन तराजुको मृत्यु भएको छ ।
दुर्घटनामा जीप चालक कार्वोलिन सोमै, चेतमान सिञ्जाली, गिरबहादुर राहदी, खण्डन सोमै घाइते भएका छन्। ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।