२५ हजार ५ सय ३४ मतका साथ स्वतन्त्र उम्मेदवार सागर ढकाललाई हराउँदै उनी विजयी भएका हुन् । पराजित ढकालले १३ हजार ४२ मत पाए भने देउवाका अर्का प्रतिस्पर्धी नेपाली कांग्रेस (बीपी।) का कर्णबहादुर मल्लले ७ हजार ५ सय ३५ मत ल्याए ।
यसअघि देउवा डडेलधुराबाट ६ पटक निर्वाचित भएर ६ पटक नै प्रधानमन्त्री भइसकेका छन् ।डडेलधुराबाट यस पटक देउवाको सातौँ उम्मेदवारी थियो, जसमा उनी यसपटक पनि भारी मतले विजयी भएका छन् ।