फ्रान्सका ओलिभर जेरुडले दुई गोल गरे । एड्रिन राबिओट र केलियन एमबाप्पेले एक–एक गोल गरे ।
अष्ट्रेलियाका क्रेग गुडविनले एक गोल गरेका थिए । अष्ट्रेलियाविरुद्ध फ्रान्सले एक गोलको अग्रता उल्टाएर सहज जित निकालेको हो ।खेलको नवौं मिनेटमा गुडविनले गोल गर्दै अष्ट्रेलियालाई सुरुआती अग्रता दिलाएका थिए । २७ औं मिनेटमा एड्रिनले गोल गर्दै फ्रान्सलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
३२ औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २,१ को अग्रता दिलाए । ६८ औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३–१ को अग्रता दिलाए । खेलको ७१ औं मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ४–१ को सहज जित निकालेको हो ।यस जितसँगै फ्रान्सले पहिलो खेलमै ३ अंक जोडेको छ । समूह ‘डी’ को फ्रान्स शीर्ष स्थानमा छ ।