झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ बाट अग्रता बढाएका छन् । उनले १० हजारभन्दा बढी मतान्तरले अग्रता लिएका छन् ।

निकटतम् प्रतिस्पर्धी गठबन्धनअन्तर्गत कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीभन्दा १० हजार १ सय १ मतले ओली अगाडि छन् ।

ओलीले २३ हजार २ सय २८ तथा कांग्रेसका अधिकारीले १३ हजार १ सय २७ मत पाएको मंगलबार राति करिब १० बजेसम्मको मत परिणामको तथ्यांक छ ।

एक लाख ५४ हजार दुई सय ८९ मतदाता रहेको उक्त क्षेत्रमा आइतबारको निर्वाचनमा ९९ हजार ४५ मत खसेको थियो ।

42
Shares
६ मंसिर २०७९, मंगलवार २२:०५