विराटनगर । उदयपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

उनले १५ हजार २५१ मत प्राप्त गरेका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत प्राप्त गरे ।

नेपाली काँग्रेसबाट बागी उम्मेदवारी दिएका रामकुमार राईले १० हजार ३७९ मत प्राप्त गरेका छन् ।

२०७४ को निर्वाचनमा उक्त क्षेत्रबाट नेकपा माओवादी केन्द्रका सुरेशकुमार राई निर्वाचित भएका थिए ।

49
Shares
६ मंसिर २०७९, मंगलवार २०:५८