विराटनगर । प्रतिनिधि सभातर्फ मोरङको निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदीले अग्रता बढाएका छन् ।

पछिल्लो मत विवरण अनुसार मोदीले ८,६९१ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का विनोद ढकालले ५,९३७ मत मात्रै ल्याएका छन् ।

मोदी ढकालभन्दा २,७५४ मतले अगाडि रहेका हुन् । राप्रपाका रवि रिजालले ५६३ मत पाएका छन् ।
56
Shares
६ मंसिर २०७९, मंगलवार १५:३४