प्रतिनिधिसभातर्फ अग्रता कायम राखेको कांग्रेसले प्रदेशसभामा चार स्थानमा जित हासिल गरेको छ । यस्तै ५२ सिटमा अग्रता कायम गरेको छ ।
अन्यले एक सिटमा जित हासिल गर्दै १४ स्थानमा अग्रता कायम गरेको छ ।प्रदेशसभातर्फ नेकपा एमालेले अहिलेसम्म जित हासिल गर्न सकेको छैन । तर पनि एमाले ५३ स्थानमा अग्रता कायम गरेर अघि बढिरहेको छ ।
माओवादी केन्द्रले २८ स्थानमा अग्रता कायम गरेको छ । यस्तै एकीकृत समाजवादीले ११ स्थानमा अग्रता कायम गर्दा राप्रपा ६ स्थानमा अघि छ ।