नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विजयी भएको उक्त क्षेत्रमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार राजन भट्टराई थिए ।
थापा २१ हजार ३०२ मत प्राप्त गरी उनी विजयी बनेका हुन् ।एमालेका राजन भट्टराईले १३८५५ मत प्राप्त गरेका छन् ।
थापाले भट्टराईलाई ७ हजार ४ सय ४७ मतान्तरले पराजित गरेका हुन् । उक्त क्षेत्रबाट जम्मा ४५ हजार ५ सय ३ मत खसेको थियो ।
यस्तै स्वतन्त्र उम्मेदवारहरू थर्कबहादुर बस्नेतले १८, शोधन बर्माले १४, श्यामराज भेटवालले १४ र लोसपाका उम्मेदवार भानुकुमार खड्काले १३ मत पाएका छन् ।