काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार गगन थापा प्रतिस्पर्धीभन्दा करिब ६ हजार मतले अघि छन् । काठमाडौं क्षेत्र नम्बर ४ मा हालसम्म ३८ हजार ५२५ मत गणना भइसकेको छ । गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका महामन्त्री थापाले १९ हजार १४ मत प्राप्त गरेका छन् ।

उनका प्रमुख प्रतिस्पर्धी एमालेका राजन भट्टराई १३ हजार २७ मतसहित पछ्याउँदै छन् । राप्रपाका डा. ठाकुरमोहन श्रेष्ठले ३ हजार ११८ मत ल्याएका छन् ।

स्वतन्त्रबाट लौरो चुनाव चिह्न पाएका अर्चनशम्शेर राणाले एकहजार १० मत पाएका छन् ।  बुढानिलकण्ठ नगरपालिकाका वडाहरूको मत गणना भैसकेको छ ।

अहिले काठमाडौं महानगरमा पर्ने वडा नम्बर ८ र ३० नम्बर वडाको मत गणना भइरहेको छ ।

21
Shares
६ मंसिर २०७९, मंगलवार ०९:५४