यो जितसँगै इंग्ल्यान्डले समूहको शीर्ष स्थान ओगटेको छ । इंग्ल्यान्ड पहिलो हाफमै तीन गोलले अगाडि थियो । उसका लागि जुड बेलिङघमले गोलको खाता खोलेयता बुकायो साकाले दुई गोल गरे ।
यस्तै रहिम स्टर्लिङ, मार्कस रसफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल गरे । इरानका तर्फबाट मेहदी तारेमीले दुई गोल फर्काए । उनले दोस्रो गोल इन्ज्युरी समयको अन्त्यतिर पेनाल्टीबाट गरे ।इरानले चोटका कारण पहिलो हाफमा पहिलो रोजाइका गोलरक्षक सइद हुसेन हुसेइनीलाई गुमाएको थियो ।